Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सहसचिव सरुवासँगै १५ जिल्लामा नयाँ सीडीओ

गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको गृहमन्त्रालयले उनीहरूको सरुवा गरेको हो । सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ ।

सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ ।

त्यस्तै ईश्वरी प्रसाद अर्याललाई संखुवासभा, भविश्वर पाण्डेलाई पाल्पा, जगदिश्वर उपाध्यायलाई नवलपसारी पूर्व, श्यामकृष्ण थापालाई सप्तरी, रुद्रादेवी शर्मालाई धनकुटा, मेखबहादुर मंग्रातीलाई उदयपुर, टुवाराज पोखरेललाई ओखलढुंगा, विजयराज सुवेदीलाई सर्लाही, विनु बज्राचार्य कुँवरलाई रामेछाप, धर्मराज जोशीलाई सुर्खेत सरुवा गरिएको छ । 

त्यस्तै सिर्जना थपलियालाई त्रिअबि अध्यागमनमा सरुवा गरिएको छ भने रामुराज कडरियालाई गृह मन्त्रालयमा तानिएको छ । त्यस्तै प्रदीपकुमार कोइरालालाई विपद् व्यवस्थापन र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पन्जीकारण विभागमा पठाइएको छ ।