Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)

हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।

photo-5_e6be2232.jpg

एक साताको नेपाल भ्रमणका लागि आएका पर्यटकहरू हिमालय एयरलाइन्सको सोही सिधा उडानमार्फत शेन्जेनबाट काठमाडौं आइपुगेका हुन् ।

photo-10_c08ae932.jpg

चीनको शेन्जेनबाट आएका ती पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाण्डा टुर्स एण्ड ट्राभल्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पोशाक तथा बाजागाजासहित भव्य स्वागत गरेको थियो ।

photo-11_27e5ae36.jpg

भ्रमणका क्रममा उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

photo-19_a2bde42f (1).jpg
photo-12_11d82584 (1).jpg
photo-5_47dc1582 (1).jpg