Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

गगन थापाले देउवाको योगदानलाई ध्यान दिनुपर्छ : रमेश लेखक

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको बृहत्तर हितका लागि २ वटा काम हुनुपर्ने बताएका छन्।

पार्टीको बृहत्तर एकताका लागि सभापति गगन थापा लचिलो हुनुपर्ने र निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई पार्टीले ध्यान दिनुपर्ने बताए ।

सभापति गगन थापासँग आफूले यि दुई अपेक्षा राखेको पनि लेखक उनले बताए।

‘सभापति थापाजीसँग हाम्रा यी २ अपेक्षा र अपिल छन्, पार्टीलाई बृहत्तर एकताका लागि सभापतिजी हदैसम्म लचिलो हुनुपर्छ। हिजो कांग्रेस विभाजन भएर कांग्रेस (प्रजातान्त्रिक) भएका बेला गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले लचकता अपनाएर एकता गर्नुभएको थियो ।'

लेखकले १५ औं महाधिवेशनको निष्पक्षता कायम हुने गरी पार्टी एकता कायम गर्नुपर्ने बताए ।