Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

वायु सेवा निगमको सञ्चालक समितिका पदाधिकारी छनोटविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समितिका पदाधिकारी छनोट विवादमा अन्तरिम आदेश जारी गरेको छ । 

शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।

सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरिरहेको समयमा निगमको सञ्चालक समितिमा प्रतिस्पर्धामार्फत छनोट गरिँदै गर्दा आफूलाई अन्यायपूर्वक बाहिर पारिएको दाबीसहित उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।