Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो खस्यो

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा फेरि सुख्खा पहिरो खस्दा सवारी आवागमन पुनः दुवैतर्फ अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार थप पहिरो नखसेको अवस्थामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ ।

यसअघि आज बिहान पनि सोही स्थानमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएपछि केही समयका लागि सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको भए पनि फेरि पहिरो खसेपछि यातायात सेवा पुनः प्रभावित भएको हो ।

सडक डिभिजनले पहिरो हटाउने कार्य जारी रहेको जनाएको छ । यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा बसेर धैर्य गर्न र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ ।