Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

आत्मदाहअघि गणेश नेपाली र नगर प्रहरीबीच भनाभन (संवादसहित)

गणेश नेपाली र काठमाडौं महानगरपालिकी महिला नगर प्रहरीबीच आत्मदाह प्रयास गर्नुअघि 
 भनाभन भएको भिडियो सार्वजनिक भएको छ । उनीहरूबीच बाइक रोकेको विषयमा भनाभन भएको थियो ।

उक्त भिडियोमा नगर प्रहरीले त्यहाँ बाइक किन रोकेको भनेर प्रश्न गरेकी छन् । भिडियोमा गणेशलाई प्रष्ट देख्न सकिन्छ । उनले बाइकमा बसिरहँदा पनि लक किन लगाएको भनेर सोधेका छन् । नगर प्रहरीले उनलाई भन्या नमान्ने ? नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर माला लगाइदिने ? भनेकी छन् ।

आज त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भइसकेको छ ।

हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नो शरीरमा आगो लगाएका थिए ।  

उनीहरूबीचको भनाभन यस्तो छ-

प्रहरी- कहाजानु हुन्छ जानू ।
गणेश नेपाली- किन ?
प्रहरी – किन भागेर आको ?
गणेश नेपाली – कहाँ रोक्या थियो भन्नु न ?
प्रहरी – माथि रोक्याथ्यो
गणेश नेपाली – बाइकमा बस्दा लक लगाउँछ ?
प्रहरी – भन्या नमान्ने ? मिल्दैन भनेँ त मैले । के गर्नुहुन्छ भनेर किन भन्नुभयो ?
गणेश नेपाली – म हिँड्न लाको..
प्रहरी – मेरो मोबाइल झारेर किन भागेर आको
गणेश नेपाली – तपाईंले किन लक ल’गा तनि ?
प्रहरी – नमिल्ने ठाउँमा रोकेपछि लक नलगाए के लगाउनु?
गणेश नेपाली – कोले ?
प्रहरी- माला लाइदिने ?