गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीनैजना काठमाडौं महानगरका नगर प्रहरीहरू हुन् । दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले नगर प्रहरीसँग अहिले सोधपुछ गरिरहेको छ ।
उनीहरूलाई अहिले कालीमाटी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ ।