नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रेम आचार्यले आत्मदाह गर्दा प्रधानमन्त्रि बालेन शाहले लेखेको स्टाटस संसद्मा पढेर सुनाएका छन् ।
गणेश नेपालीको आत्मदाह स्मरण गर्दै नेता पुनले आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस स्मरण गाराएका हुन् ।
२०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका थिए । त्यसबेला बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यसबेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेका थिए ।
त्यसबेला बालेनले ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो’ भनेर लेखेका थिए ।
यो बुझाइमा अहिले पनि हो वा फेरि यो भनेर नेता पुनले प्रधानमन्त्री बालेनलाई प्रश्न गरेका छन् ।