Jul 07 2026

Jul 07 2026 | मंगलवार, आषाढ २३ गते २०८३

सुनको मूल्य २ लाख ८८ हजारमा झर्‍यो, चाँदीको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर तोलाको ४५५५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।