Jul 07 2026

Jul 07 2026 | मंगलवार, आषाढ २३ गते २०८३

प्रधानमन्त्री बालेनले एडीबी अध्यक्ष कान्दासँग गरे भेट

प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Balen_31783405230.jpg

भेटमा नेपाल-एडीबी सहकार्य,विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल भएको जनाइएको छ ।

शाह प्रधानमन्त्री बनेपछि कुनै विदेशी उच्च अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गरेको यो पहिलो पटक हो । 

Balen_11783405233.jpg

यसअघि सोमबार अध्यक्ष कान्दाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए भने दुवैको उपस्थितिमा नेपाल सरकार र एडीबीबीच अर्थ मन्त्रालयमा दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि करिब २५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।