Jul 06 2026

Jul 06 2026 | सोमवार, आषाढ २२ गते २०८३

सुनको मूल्यमा फेरि गिरावट, चाँदी पनि घट्यो

नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य नौं सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन नौं सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।