Jul 07 2026

Jul 07 2026 | मंगलवार, आषाढ २३ गते २०८३

एकै दिन सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ७९ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ भने लुम्बिनी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ७९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँमा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ३४ जना घाइते भएका छन् । 

त्यस्तै लुम्बिनीमा ८ जना र कर्णालीमा ३ घाइते भएका छन् भने सुदूरपश्चिममा ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।