Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

जर्मनी विश्वकपबाट बाहिरियो, दुई दशकपछि पाराग्वे अन्तिम १६ मा प्रवेश

चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम ३२ को खेलमा पाराग्वेसँग अतिरिक्त समयसम्म १-१ को बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा ४-३ गोलले  पराजित हुँदै जर्मनीको विश्वकप यात्रा समाप्त भएको हो ।

रोमाञ्चक पेनाल्टी सुटआउटमा जर्मनीका काई हाभर्ट्स र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले रोकेका थिए । यद्यपि पाराग्वेले पनि सुरुआती अवसरको फाइदा उठाउन सकेन । एन्टोनियो सानाब्रियाको प्रहार पोस्टबाहिर गएको थियो भने फाबियान बाल्बुएनाको प्रहार ४० वर्षीय अनुभवी गोलरक्षक मानुएल नोयरले बचाएका थिए ।

सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका रक्षक होसे कानालेले निर्णायक गोल गर्दै टोलीलाई ४९३ को पेनाल्टी जित दिलाए । 

यस जितसँगै पाराग्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने चार पटकको च्याम्पियन जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम १६ मा पराग्वेको भिडन्त फ्रान्स र स्विडेनबीचको विजेतासँग हुने छ ।