Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

काँग्रेसको केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन

नेपाली काँग्रेसका सभापति गगन थापाले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेका छन् ।

अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन (काठमाडौं) लाई सदस्य र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई सदस्य सचिव पदमा मनोनयन गरेका हुन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गते सम्पन्न बैठकको निर्णयानुसार नेपाली कांग्रेसका सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार मनोनयन गरेको  का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकरी दिएका छन् ।