Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

बाल अधिकार र बाल संरक्षण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

हरिपूर्वा नगरपालिका–४ (डुमरिया) मा वडा बाल अधिकार समितिका पदाधिकारीहरूका लागि आयोजित बाल अधिकार तथा बाल संरक्षण सम्बन्धी दुईदिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ।

WhatsApp Image 2026-06-29 at 3.47.49 PM.jpeg

गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को सहयोग, बागमती सेवा समाज नेपाल को साझेदारी तथा हरिपूर्वा नगरपालिका को समन्वयमा सञ्चालित “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो। कार्यक्रम वडा नं. ४ स्थित सिकाइ केन्द्रमा सञ्चालन गरिएको थियो।

WhatsApp Image 2026-06-29 at 3.47.50 PM (1).jpeg

तालिमको मुख्य उद्देश्य बालबालिकाको समृद्धि र एकीकृत विकास सुनिश्चित गर्दै उनीहरूको अधिकार तथा संरक्षणका विषयमा सरोकारवालाको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष नोखेलाल राय, हरिपूर्वा नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख डा. संजय यादव, नगर कार्यपालिका सदस्य गीता देवी, आधारभूत स्वास्थ्य शाखा डुमरियाका प्रमुख शिवनारायण यादव, नेपाल प्रहरीका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, बाल क्लबका पदाधिकारी, शिक्षक तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-06-29 at 3.47.51 PM.jpeg

कार्यक्रमका क्रममा बाल क्लबका सचिव चन्दन यादव ले वडा नं. ४ मा सञ्चालित सिकाइ केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक शिक्षकको व्यवस्था तथा थप शैक्षिक एवं प्राविधिक सामग्री उपलब्ध गराइदिन वडाध्यक्षसमक्ष आग्रह गरेका थिए। समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष नोखेलाल राय ले बालबालिकाको सर्वाङ्गीण विकासलाई वडा कार्यालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “हामीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि पहिलेदेखि नै योजना बनाउँदै आएका छौं। यसका लागि वडास्तरीय बजेटमा समेत बाल समृद्धिसम्बन्धी कार्यक्रम समावेश गरेका छौं। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।”

WhatsApp Image 2026-06-29 at 3.47.50 PM.jpeg

कार्यक्रममा सहभागीहरूले बाल अधिकार संरक्षण र बालमैत्री समाज निर्माणका लागि यस्ता क्षमता विकासमूलक तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

WhatsApp Image 2026-06-29 at 3.47.49 PM.jpeg