चितवनमा बालेन र रवि एउटै होटलमा, रविका स्वकीयको गीत बालेनको पोस्टमा
प्रधानमन्त्री बालेन शाहले आइतबार मध्यरातमा एउटा रमाइलो पोस्ट गरेका छन् । चितवनमा आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रपछि लटौली सेञ्चुरी रिसोर्टमा पुगेपछि बालेनको पोस्ट आएको हो ।
प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने एउटै होटलमा बसेका हुन् । बास बसेको होटलमा खानपिन भएपछि बालेनले रविका स्वकीय सचिव अविनास (प्रदीप) आचार्यले झलकमान गन्धर्वले गाएको ‘हे बरै, बाबाले सोध्लान् खोई छोरा भन्लान्’ गीत गाएको भिडियो पोस्ट गरेका हुन् ।
पत्रकारसमेत रहेका अविनास रवि लामिछाने गृहमन्त्री बनेपछि उनको नजिक रहेर काम गर्दै आएका छन् । परिवारसहित आएका दुवै नेताको बसाइ महाधिवेशन अवधिभर लटौली होटलमै हुने चितवनको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
भिडियो हेर्नुहोस्-