Jun 28 2026

Jun 28 2026 | आइतवार, आषाढ १४ गते २०८३

रास्वपाले बालबालिकालाई सदस्य बनाएको भन्दै काँग्रेसको ध्यानाकर्षण

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्य बनाएकोप्रति ध्यानाकर्षण गराएको छ  । 

प्रतिनिधि सभाको वैठ शुरु हुनासाथ काँग्रेस सांसद रेनुका काउचाले रास्वपाको हालै सम्पन्न महाधिवेशनमा आधिकारीक रुपमा पेश गरिएको आँकडामा ३५ हजारभन्दा बढी बालबालिका सदस्य रहेको बताइएको उल्लेख गर्दै यो नेपालको कानुनविरुद्ध रहेको भन्दै ध्यानाकर्षण गराएकी हुन्  । 

उनले रास्वपा संबिधान भन्दा माथि रहेको हो भन्ने प्रश्न गर्दै यसप्रति रास्वपा र संसदको ध्यानाकर्षण गराएकी हुन् ।