श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टी भन्दा देश ठुलो भएको बताउदै प्रधानमन्त्रीले चितवनमा गएर स्पष्टीकरण दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण संसदमा आएर दिनुपर्ने माग दोहोराउदै यदि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रवादी अभिव्यक्ति हो भने कायम राख्न आग्रह गरे । सांसद राईले फिफाले एन्फालाई गरेको निलम्बनप्रति सरकारको ध्यानाकर्षण गराउदै तत्काल समस्याको समाधान गर्न माग गरेका छन् ।
नेपालको राष्ट्रिय गौरव, हजारौं खेलाडीको भविष्य जोडिएको विषय भएकाले तत्काल पहलकदमी लिन माग गरेका छन् ।