जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा भएको छ । आइतबार समुह चरणका खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ टिमको टुंगो लागेको हो ।
समुह विजेता १२ र उपविजेता १२ देश नकआउटमा पुगेका छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ८ देश पनि नकआउटमा पुगेका हुन् ।
जस अनुसार मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, बेल्जियम स्पेन, फ्रान्स, अर्जेन्टिना, कोलम्बिया र इङल्याण्ड समुह विजेता हुदै नकआउट चरणमा पुगेका छन् । त्यस्तै दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे, नर्वे, अस्ट्रिया, पोर्चुगल र क्रोसिया उपविजेता हुदै नकआउटमा पुगेका हुन् । त्यस्तै डिआर कंगो, स्विडेन, घाना, इक्वेडर, बोस्निया हर्जगोभिना, पराग्वे, अल्जेरिया र सेनेगलले तेस्रो स्थानको उत्कृष्ट आठमा रहेर नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।
अब नकआउट चरणमा जर्मनीले पराग्वेसँग, फ्रान्सले स्विडेनसँग, दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्याण्डसले मोरक्कोसँग, पोर्चुगलले क्रोसियासँग, स्पेनले अस्ट्रियासँग, अमेरिकाले बोस्निया हर्जगोभिनासँग, बेल्जियमले सेनेगलसँग, ब्राजिलले जापानसँग, आइभरी कोष्टले नर्वेसँग, मेक्सिकोले इक्वेडरसँग, अर्जेन्टिनाले केप भर्डेसँग, अस्ट्रेलियाले इजिप्टसँग, स्वीजरल्याण्डले अल्जेरियासँग र कोलोम्बोले घानासँग खेल्ने तय भएको छ ।