Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

२४ घण्टामा सवारी दुर्घटनामा एकको मृत्यु, १३४ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १३४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४७ जना, कोशी प्रदेशमा ३८ जना घाइते भएका छन् भने काठमाडौँमा २८ जना घाइते भएका छन् ।

त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा एक जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५ जना घाइते भएका छन् भने कर्णालीमा १० जना, बागमतीमा एक जना र लुम्बिनीमा ५ जना घाइते भएका छन् ।