Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले  क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंका ए र कोल्ट्ससँग श्रीलंकामा जनवरी २०, जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने छ । 

त्यस्तै नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

क्यानले विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमदलाई छनौट गरेको छ ।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।