विश्वकप फुटबलको फाइनल खेल नेपाल टेलिभिजनको 'एनटिभी प्लस' बाट नि:शुल्क प्रसारण हुने भएको छ।
आज आइतबार राति १२:४५ बजे हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल एनटिभी प्लसबाट नि:शुल्क प्रसारण गर्न लागेको सञ्चार तथा सूचना मन्त्री विक्रम तिमिल्सिनाले बताएका छन्।
उनले विश्वकपका अन्तिम दुई खेल नि:शुल्क प्रसारण हुन लागेको जानकारी दिँदै फेसबुकमा लेखेका थिए, 'फिफा वर्ल्ड कप २०२६ आज राति र भोलि रातिको तेस्रो स्थान र फाइनल खेलको नि:शुल्क प्रत्यक्ष प्रसाण एनटिभी प्लसले गर्नेछ।'
यस अनुसार तेस्रो स्थानका लागि आइतबार बिहान इंग्ल्यान्ड र फ्रान्सबीच भएको खेल एनटिभी प्लसमा प्रत्यक्ष प्रसारण भइसकेको छ।