Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवतीको हत्या भएको छ।

नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव आइतबार फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक युवती कैलाली धनगढी उपमहानगरपालिकाकी हुन् भने अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।