Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने

सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। 

हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपश्चात् साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरवलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। 

गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो ।

उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ ।