Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

ओल्मो र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एस्पानियोललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले एस्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको १९ खेलमा ४९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी भएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलमा ४२ अंक रहेको छ । त्यस्तै एस्पानियोलको १८ खेलमा ३३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।