Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

तोलाकै ५२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ५२ सयले बढेर तोलाको २ लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ३२०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३११५ मा कारोबार भएको थियो ।