Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबी बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकले आइतबार नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र नगद लाभांशको निर्णय गरेको जनाएको हो ।

बैंकका अनुसार सञ्चालक समितिले पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांशको निर्णय गरेको हो ।

सो शेयर राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि लागू हुने बताइएको छ ।