Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ४१ हजार ७ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३१०० मा कारोबार भएको थियो ।