Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टाइटानिक यात्रुको घडी कीर्तिमानी मूल्यमा लिलामी

टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी लिलामीमा १.७८ मिलियन पाउण्ड अर्थात लगभग ३३ करोड २५ लाखमा बिक्री भएको छ।

इसिडोर स्ट्रस र उनकी श्रीमती इडा, साउथह्याम्प्टनबाट न्यूयोर्क जाँदै गर्दा अप्रिल १४, १९१२ मा टाइटानिक हिमशिलासँग ठोक्किँदा मृत्यु भएका लगभग १५ सय जनामध्ये थिए । दुर्घटनाको केही दिनपछि एट्लान्टिकबाट उनीहरूको शव बरामद गरिएको थियो र उनीहरूको सामानमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी पनि समावेश थियो ।

घडी स्ट्रस परिवारमा संरक्षित गरिएको थियो र शनिबार विल्टशायरको डेभाइजेसमा रहेको हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्समा बेचिएको थियो । स्ट्रस एक अमेरिकी व्यापारी, राजनीतिज्ञ र न्यूयोर्कमा मेसीको डिपार्टमेन्ट स्टोरका सह-मालिक थिए । दुर्घटना पछि, उनकी श्रीमतीले लाइफबोटमा ठाउँ दिन अस्वीकार गरेको विश्वास गरिन्छ किनभने उनी आफ्नो पतिलाई छोड्न चाहन्नन् र उनीसँगै मर्ने बताएकी थिइन् ।

इडा स्ट्रसले जहाजमा चढ्दा टाइटानिक स्टेशनरीमा लेखिएको एउटा पत्र पोस्ट गरेकी थिइन् । यो पत्र लिलामीमा एक लाख पाउण्ड अर्थात करिब एक करोड ८७ लाखमा बिक्री भएको थियो । टाइटानिकका सम्झना वस्तुहरूको यो लिलामीले कुल ३० मिलियन पाउण्ड अर्थात् लगभग ५ अर्ब ६० करोड उठाएको बताइएको छ ।