Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ग्रीनेदी इनर्जी लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  यसैक्रममा स्थानीयबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई आज शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 

उक्त सम्झौतामा ग्रीनेदी इनर्जी  लिमिटेडका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । 

कम्पनीले आफनो जारी पूँजीको ३० प्रतिशत साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो । 

कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ बैशाख ०८ देखि व्यापारिक उत्पादन गरिरहेको छ । साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बिमा, पूँजी बजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरुको समुहको संग्लता भएको र आयोजनाको हाईड्रोलोजी क्यु ६५ को संरचनामा निमार्ण भएको हो ।

ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनहरुमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित उर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको कम्पनीका अध्यक्ष युरेश मान कायस्थले बताए ।