Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार  सुन २ हजार ८ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ सय ४० रुपैयाँले बढेको हो । आज चाँदी आज ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।