Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, बोनस सेयर र नगद लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्तिक ३० गते आइतबार काठमाडौँ, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित उक्त सभा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैंकले हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको हो । 

त्यस्तै, बैंकले ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने भएको छ ।  

आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।