Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनआईसी एशिया बैंक एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आबद्ध

एनआईसी एशिया बैंक र एनसीएचएलबीच एनपिएस-एसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । 

एनसीएचएलले हालै एनपिएस-एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस-एनसिएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् ।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात् एन आई सी एशिया बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । 

एनपिएस-एनसिएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । 

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । 

एनपिएस-एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाँईमा पु-याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरू मध्येको एनआईसी एशिया बैंकले देशभरी रहेका ३६० वटा शाखा / ११५ विस्तारित काउन्टर / ४१ शाखारहित बैंकिङ्ग तथा ६४९ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरूलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।