Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जनार्दनको शैली कसैलाई मनपरेको छैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माको शैली कसैलाई मननपरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको सचिवालयको बैठकपछि प्रतिक्रिया दिदै प्रचण्डले बैठक राम्रोसँग चलिरहेको बेला आफ्ना धारणा राखेर बाहिरिएको बताउदै उनको शैली कसैलाई मननपरेको बताएका हुन् ।

उनले केन्द्रीय कमिटीको बैठकसम्म जनार्दन पनि सहमतिमा आउने दाबि गर्दै उनको आरोप अराजक भएको बताएका छन् । पेरिसडाँडामा भएको सचिवालय बैठकमा जनार्दन शर्माले आफ्नो धारणा राख्दै एकीकृत समाजवादीसँगको एकताले पार्टीलाई असर गर्ने बताएका थिए ।

बैठकबाट बाहिरिदै उनले आन्तरिक एकता बलियो नबनाएर अन्य दलसँगको एकता गर्न नहुने पक्षमा आफु रहेको बताएका थिए ।