नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
भक्तपुरको गुण्डुमा आज बिहान ११ बजे सचिवालय बैठक बस्दैछ । बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।
महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे छलफल गर्ने एजेण्डा रहेका छन् ।