शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पर्यो पानी, रमाए किसान

पर्यो पानी, रमाए किसान

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • पर्यो पानी, रमाए किसान

    पर्सामा सुक्खाग्रस्त भएर सङ्कट भोगिरहेका कृषकले मङ्गलबारदेखि परेको बर्सातले राहतको महसुस गरेका छन् । लामो समयदेखि खडेरीले धाँजा फाटेका खेतहरुमा पनि पानी सङ्कलन हुन थालेका छन् । वीरगञ्ज महानगर–२६ का कृषक रामजीवन साहले अकाशेपानी पर्न थालेसँगै धानको रोपो पनि हरियाली हुन थालेको बताए ।

    “पर्साको बजार क्षेत्रमा यसअघि खासै ठूलो पानी पर्न सकिरहेको थिएन्”, उनले भने, “मङ्गलबार दिउँसो  बुधबार बिहान पानी परेसँगै कृषकलाई थोरै हदसम्म भए पनि राहतको महसुस गरेका छन् ।” उनले अकाशेपानी पर्न थालेसँगै धाँजा फाटेका रोपोमा पनि विस्तारै हरियाली हुन थालेको बताए । 

    मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मङ्गलबार बिहान ८ः४५ बजेदेखि बुधबार बिहान ८ः४५ बजेसम्म वीरगञ्ज बजार क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको जानकारी दिए।

    “हिजो र आज बिहान वीरगञ्जको बजार क्षेत्रमा मध्यम खालको वर्षा भएको छ”, उनले भने, “बजार क्षेत्रमा जस्तो ग्रामीण क्षेत्रमा भने त्यति धेरै पानी परेको छैन ।” उनले मधेश प्रदेशका अझै तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेको बताए । यद्यपि बारामा नौ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार