Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्च अदालतले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । 

बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको  । 

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलासले यस्तो आदेश गरेको हो । सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोगविरुद्ध अन्तरिम आदेश माग गरेका थिए ।