शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज विश्व सुलेखन दिवस मनाइँदै

आज विश्व सुलेखन दिवस मनाइँदै

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • आज विश्व सुलेखन दिवस मनाइँदै

    आज नेपालसहित विश्वभर विश्व सुलेखन दिवस मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष अगस्टको दोस्रो बुधबार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ बाट यस दिवस मनाउन सुरु गरिएको हो ।

    राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस या पेनले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिह्नहरू पनि बनाइन्छ ।

    नेपालका लगायत विभिन्न देशहरुहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाइने गरिएको छ । नेपालमा धेरै क्यालीग्राफरहरु छन्, जस्तै रञ्जना या देवनागिरि लिपि या अन्य कला  लिपीको किन नहोस्  । ब्रस या पेनले राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ ।

    क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चित्रहरू पनि बनाइन्छ । ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिने गरेका छन् । इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ । चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार