Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पशुपति आर्यघाटमा शवबाट हड्डी निकालेको आरोपमा पक्राउ परेका दुई जनालाई सात दिनको म्याद थप

पशुपति आर्यघाटमा शव दाह संस्कार स्थलमा हड्डी निकालेको आरोपमा संलग्न दुई जना पक्राउ परेका छन् ।

साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको मृत शवबाट हड्डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको आरोपमा गणेश प्रसाद ढकाल भन्ने जिवनाथ ढकाल र बिनायक मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुलदिप चन्दले दुवैलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सोमबार ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।