Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

डडेल्धुराबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ

डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र २ सय ८ पत्ता तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।