Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मनाङमा सार्वजनिक यातायातको भाडा आधा घटाइयो, अब कहाँको कति पर्छ?

जिल्ला प्रशान कार्यालय मनाङको अग्रसरतामा सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम भएको गरिएको छ ।

यस अघि ३५ किलोमिटरको यस रुटमा १५ सय भाडा लिइदै आएको थियो ।  मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा शुक्रबार बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले भाडादर निर्धारण गरेको हो । बैठकले निधारण गरेको नयॉ भाडादर १ भदौदेखि लागू हुने बताइएको छ ।

सदरमुकाम चामेबाट खाङसार हुँदै ठुलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू तिलिचो ताल तथा थोरङला पास गर्न जाने गर्दछ ।

स्थानीय तहदेखि यातायात समितिका प्रनिनिधि तथा सुरक्षा निकायलगायत सरोकारवाला सहितको बैठकले नयाँ भाडादर तय गरेको हो । पर्यटकीय सिजनलाई नै लक्षित गरी भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बैठकपछि यातायात व्यवसायी पनि भाडा घटाउन तयार भएका छन् । 

manang_11754885421.jpg