Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

दुुई बालिका महाकाली नदीमा बेपत्ता

कञ्चनपुरमा महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् ।

नदीमा नुहाउने क्रममा भीमदत्त नगरपालिका–११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिए ।

उनीहरू दुवैको उमेर अन्दाजी ६÷७ वर्ष छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए ।

जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।