शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा पक्राउ

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा पक्राउ

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा पक्राउ

    पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले जनाएको छ ।

    उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले जानकारी दिएका छन् ।

    काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप छ । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।

    आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेको छैन । जसकारण अहिल्यै आरोप पुष्टि हुने खाले प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ । शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिएको हुन सक्ने आशंका गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार