शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कति सकियो सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम?

कति सकियो सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम?

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • कति सकियो सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम?

    पहाडलाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्ड सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । बाह्रै महिना पहिरो झर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ कुहिरेभिरमा बन्दै गरेको सिद्धबाबा सुरुङमार्गको १८ महिनामा झण्डै ५९ प्रतिशत भौतिक प्रगति भएको छ ।

    यहाँ ४ माघ २०८० बाट मुख्य सुरुङमार्ग खन्न थालिएको थियो । सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५८.८८ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत भएको छ । दुई लेनको मुख्य सुरुङमार्ग १ हजार १२६ मिटर लम्बाइको हुनेछ भने, चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने छ ।

    सुरुङमार्गको गएको माघ १० गते ‘ब्रेक थ्र’ भएको थियो । सुरुङमार्गको मुख्य टनेलमा भुइँ भागको ढलान (इन्भर्ट) को काम सकिएको छ । मुख्य टनेलकै भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम ९३३.३ मिटर सकिएको प्रमुख इन्जिनियर अधिकारीले बताए ।

    यस्तै, बाइपासमा पनि ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ । १५१ मिटर लम्बाइको बाइपास–१ मा इन्भर्टको १४५ मिटर र लाइनिङको १२४ मिटर काम भइसकेको छ । १६१ मिटर लम्बाइको बाइपास–२ मा अहिलेसम्म इन्भर्टको काम १५७.८ मिटर भएको छ भने लाइनिङको काम शुरू भएको छैन । १३० मिटर लम्बाइको बाइपास–३ मा इन्भर्टको १२५ मिटर र लाइनिङको १०४.२ मिटर काम भइसकेको प्रमुख इन्जिनियर अधिकारीले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार