काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन् ।
उनी नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ परेकी हुन् । शंकास्पद गतिविधि देखिएपछि उनीमाथि निगरानी बढाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्