शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा पहिरो, रोकिए सयौं गाडी

काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा पहिरो, रोकिए सयौं गाडी

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा पहिरो, रोकिए सयौं गाडी

    काठमाडौं प्रवेश गर्ने मुख्य नाका धादिङको जरे खेतमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । गजुरी गाउँपालिका–६ जरेखेत नजिक पहिरो खसेर दुई तर्फी सडक अवरूद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    त्यस ठाउँमा दुई पटक पहिरो खसेको छ । शुक्रबार बिहान सवा ३ बजेतिर एक पटक पहिरो खसेको थियो । डोजरले बिहान ४ बजेतिर उक्त पहिरो पन्छ्याउन सुरू गरेको थियो । ६ बजेतिर फेरि रूखसहित पहिरो खसेर सडक अवरूद्ध भएको भएको थियो ।

    त्यस्तै अर्को थाक्रे गाउँपालिका–७ सातकिलोमा पनि पहिरो खसेको छ । पहिरो गएपछि ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सवारीसाधन होल्ड गरेको छ । एसपी सुवेदीका अनुसार साना र ठूला सवारीसाधन कुल ७८० वटा रोकिएका छन् ।

    गजुरीमा एक सय, खानीखोलामा एक सय, खत्रीपौवामा ५०, आदमघाटमा २५०, मल्खुमा ८० र विशालटारमा २०० वटा गाडी रोकिएका छन् । ‘बेला–बेलामा पहिरो झरिरहने भएकाले हामीले जोखिम देखेर रोकेका छौं । एम्बुलेन्स जस्ता आपतकालीन सेवाका गाडीहरू रोकिएका छैनन् । साना गाडीहरू कतिपय डाइभर्सनमार्फत पनि पठाएका छौं । खुलाउने प्रयास भइरहेको छ,’ एसपी सुवेदीले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार