Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कैलालीको गोदाममा छापा, ३५ लाखभन्दा बढीको लत्ताकपडासहित एक जना नियन्त्रणमा

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा  ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सहित सप्लायर्सका संचालक ३४ बर्षिय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको छ ।

नं.३४ गण कैलाली, प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको  लत्ताकपडा सहित गोदाम संचालकलाई  नियन्त्रणमा लिएको हो ।

 नियन्त्रणमा लिइएको सामान र ब्यक्तिलाईआबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।