शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

किन दिए भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका एसपी भण्डारीले राजीनामा ?

किन दिए भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका एसपी भण्डारीले राजीनामा ?

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • किन दिए  भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका एसपी भण्डारीले राजीनामा ?

     प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् । प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

    उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ । ‘उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनु भएको रहेछ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले भने ।

    घरायसी कारण देखाए पनि अचानक राजीनामा दिनुले प्रश्न उब्जाएको छ । स्रोतका अनुसार उनी विदेश जान लागेको बताइएको छ । अवकाशमा जानु अघि नै विदेश जाने टिकट समेत तयार भइसकेकाले राजीनामा दिएको हुनसक्ने आशंका गरिएको छ । भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् ।

    प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न इन्स्पेक्टर राजु अधिकारीलाई सिफारिस गरिएको छ । तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत अधिकारी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा थिए । उनी अनुसन्धानमा काविल अधिकृतको रूपमा चिनिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार