शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पोखराबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

पोखराबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • पोखराबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दुई युवती र एक युवक छन् । जसमा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा घारीकुलोकी ३२ वर्षीया रीना थापा मगर, स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं  ४ स्थायी घर भई हाल पोखरा-१७ बिरौटा बस्ने ३४ वर्षीय विश्वास गुरुङ र पर्वत स्थायी घर भई हाल पोखरा-१७ बिरौटा बस्ने ३९ वर्षकी मीना थापा मल्ल छन् ।

    विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको विरौटाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरूको लागूऔषध डाइजापाम एकसय ६६ एम्पुल, फेनेरागन एक सय ६९ एम्पुल, नुर्फिन एक सय ६६ एम्पुल गरी कूल पाँच सय एक एम्पुल र तीन थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसूरमा १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार