शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

चितवनमा लोडसेडिङको तालिका सार्वजनिक गर्ने प्रमुख रामकुमार श्रेष्ठको सरुवा

चितवनमा लोडसेडिङको तालिका सार्वजनिक गर्ने प्रमुख रामकुमार श्रेष्ठको सरुवा

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • चितवनमा लोडसेडिङको तालिका सार्वजनिक गर्ने प्रमुख रामकुमार श्रेष्ठको सरुवा

    नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गर्ने चितवनको चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ ।

    गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले मंगलबार पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो ।

    चनौली वितरण केन्द्रअन्तर्गत पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिको समस्या देखिएको थियो ।

    माग अनुसारको विद्युत सप्लाई हुन नसकेपछि श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेका थिए । त्यसपछि प्राधिकरणको चौतर्फी आलोचना भएको थियो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार